३५ बुँदे घोषणापत्र जारी गर्दै ‘१० औँ राष्ट्रिय मानव अधिकार महाभेला २०१८’ मङ्सिर २८ गते ललितपुरमा आयोजित एक समारोहकाबिच सम्पन्न गरिएको छ ।
मङ्सिर २२ गतेदेखि सुरू गरिएको महाभेलाले नेपालको संविधानले प्रत्याभूत गरेको मानव अधिकारसँग सम्बन्धित सबै मौलिक हक तथा अधिकारको कार्यान्वयन गर्न माग गरेको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत विकासमा आवश्यक सबैखाले कानूनको निर्माण गरी प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउनाका साथै सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व तथा सहभागितालगायत दीगो विकास, स्थायी शान्ति, समानता, स्वतन्त्रता, न्याय, मानव मर्यादामा आधारित मानव अधिकारको सुनिश्चितताका लागि सरकार समक्ष रहेको आह्वान गरिएको छ ।
मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवर्धनमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको महाभेलामा शान्ति, लोकतन्त्र र मानव अधिकारको विषयमा सघन संवाद गरिएको महाभेलाका संयोजक नरेन्द्र खतिवडाले जानकारी दिए।