INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा इच्छाकामना गाउँपालिका–१ का ४० वर्षीय कृष्ण पुरीविरूद्ध पीडित पक्षले मङ्सिर २७ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको छ ।

पीडित बालिकालाई आरोपितले असोज २७ गते बलात्कार गरी फरार रहेको भन्दै पीडित पक्षले प्रहरीमा दिएको उजुरी दर्ता गरेको प्रहरीले जनाएको छ ।

बलात्कारको घटनालाई गाउँमै मिलाउने प्रयास भएको र त्यस बिचमा आरोपित सम्र्पक बाहिर गएकाले मात्र घटना प्रहरीसम्म आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दुर्गाराज रेग्मीले बताए । आरोपितको खोजी कार्य भइरहेको डिएसपी रेग्मीले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते भरतपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो