भगवानपुर गाउँपालिका–४ मा मङ्सिर २३ गते बम विष्फोट हुँदा सोही ठाउँका २८ वर्षीय ओमप्रकाश यादव र २७ वर्षीय सञ्जय यादव घाइते भएका छन् ।
बिहान शौचालय गएका यादवद्वयले खाली चौरमा सुन राख्ने खाली बट्टाहरू देखेपछि खोल्ने क्रममा बम विष्फोट भएको बताए ।
घाइतेहरूको गोडा र छातिमा चोट लागेको छ । उनीहरूको उपचार भारत स्थित लौकहा बजारको अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले बताए ।