INSEC Online

📅 २०८३ जेष्ठ २१

वडाअध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात गरेको आरोप

चाँगुनारायण नगरपालिका–५ का वडाअध्यक्ष जयन्द्र खडकाले २० गते नगरपालिको कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद लुईटेलमाथि हातपात गरेको पीडित पक्षको आरोप छ ।

वडा अध्यक्ष खडकाले आफ्नो बारीको माटो इँटा भट्टालाई दिन स्वीकृत माग गरेको र प्रमुख प्रशासकीय अधिकृत लुईटेलले प्रक्रिया र नियम नपु¥याई जनप्रतिनिधि नै भएपनि स्वीकृत दिन नमिल्ने बताएपछि आक्रोशित हुँदै हातपात गरेको नगरपालिकाका कर्मचारीहरूले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् ।

यसबारेमा प्रशासकीय अधिकृत लुईटेलले वडा अध्यक्ष जयन्द्रले इँटा भट्टालाई माटो दिन स्वीकृत माग गर्दै आएको र आफूले नगर कार्यपालिकाको निर्णय बिना सिफारिश गर्न नमिल्ने जानकारी गराएपछि अभद्र व्यावहार गरेको बताए । मङ्सिर २१गते कर्मचारीहरूले आन्दोलन गर्दै कामकाज ठप्प पारेका छन् ।

अन्य

भिडियो