इन्सेक नेपालगञ्ज, महिला कानुन र विकास मञ्च बाँके र मानव अधिकार निगरनी समूह गनापुरको संयुक्त आयोजनामा मङ्सिर २१ गते जानकी गाँउपालिका–६ मा मुलुकी अपराध संहिता ऐन २०७४ मा लैङ्गिक हिंसाविरूद्धका कानुनी व्यवस्थासम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।
यसैगरी मङ्सिर २० गते बैजनाथ गाँउपालिका–१ चिसापानीमा उक्त कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेककी अध्यक्ष डा. ईन्दिरा श्रेष्ठले मुलुकी अपराध संहिता ऐन २०७४ को फौजदारी कसुरसम्बन्धी प्रचलित कानुनले व्यवस्था गरेका प्रावधानहरूको जानकारी पुगोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइन् ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले मानव अधिकारसँग सम्बन्धित सवै विषयवस्तु कानुनमा समावेश गर्न आवश्यक रहेको बताए ।
अधिवक्ता सुनिता शर्माले बलात्कार, वैवाहिक बलात्कर, यौन दुव्र्यवहार र भेदभाव तथा अन्य अपमानजनक व्यवहारमा भएका कानुनी व्यवस्थाबारे सहजीकरण गरेकी थिइन् ।