INSEC Online

📅 २०८३ जेष्ठ २१

भवन नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि आवासीय भवन नहुँदा उनीहरू मार्कामा परेका छन् । सिद्धनाथ माध्यमिक विद्यालय, जोगवुडामा भवन अभावका कारण डोटी र डडेल्धुरा जिल्लाबाट आएका १० जना छात्र र १४ जना छात्रा गरी २४ जना सुस्त श्रवण शक्तिका विद्यार्थीहरूलाई व्यवस्थापन गर्न कठिनाइ भएको हो । ।

साविकको जिल्ला शिक्षा, कार्यालयबाट आएको अनुदानले ती विद्यार्थीको दैनिक समस्या टार्न नै नपुगेको सिद्धनाथ माध्यमिक विद्यालय जोगवुडाका प्रधानाध्यापक पदमराज जोशीले गुनासो गरे ।

कक्षाकोठा अभावले प्रभावकारी पठनपाठन र आवासका लागि समस्या भइरहेको सुस्त श्रवण स्रोत शिक्षक केहरसिंह बडैलाले गुनासो गरे । एकदेखि तीन कक्षासम्मका विद्यार्थीहरू एउटै कोठामा राखेर पढाउने गरेको उनले बताए । उनले कक्षा कोठा अभावले छात्र र छात्राहरूलाई एउटै कोठामा राख्नु पर्ने बाध्यता रहेको बताए ।

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि भवन र छात्रवास निर्माणका लागि नगरपालिकाले आवश्यक वजेट विनियोजन गरी यसै आर्थिक वर्ष भित्र भवन र छात्रवास निर्माण गर्न पहल गर्ने पर्शुराम नगरपालिकाका मेयर भिमबहादुर साउदले बताए ।

अन्य

भिडियो