२३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुस्ता गाउँपालिका–५ का २५ वर्षीय रवि चमार मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले मङ्सिर १३ गते बलात्कार प्रयास गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर १३ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीमा गरिएको प्रहरीले जनायो ।