सामुदायिक सेवा केन्द्र सप्तरीको सल्लाहकारमा इन्सेक सदस्य बैद्यनाथ झा र इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेल मङसिर १४ गते मनोनित भएका छन् ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा केन्द्रको राजविराज नपा–७ स्थित कार्यालयमा सम्पन्न वैठकले मानव अधिकार र सामाजिक न्यायका क्षेत्रमा कार्यरत अधिकारकर्मीका रूपमा इन्सेक सदस्य झा र इन्सेक प्रतिनिधि पोखरेललाई छनौट गरिएको केन्द्रका सचिव सञ्जय शर्माले बताए ।
सामुदायिक सेवा केन्द्रको कात्तिक १७ गते सम्पन्न जिल्ला अधिवेशनले दासको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेपछि बसेको पहिलो वैठकले सल्लाहकार र पदेन सदस्यहरूको मनोनयन गरेको हो ।
गठित पाँच सदस्यीय सल्लाहकारमा पोखरेल, झासहित समाजसेवीहरू लायन्स क्लबका अध्यक्ष शङ्कर शारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली र पेट्रोलियम डिलर्स एशोसिएसनका अञ्चल अध्यक्ष हरेकृष्णप्रसाद सिंहलाई मनोनयन गरिएको छ ।
समाजमा भएका सानातिना समस्याहरू मेलमिलापबाट शान्त पार्ने र नमिले कानुनी उपचारका लागि सरोकारवाला निकायमा जान सल्लाह दिने केन्द्रले मानव अधिकारका पक्षमा चेतनामूलक कार्यक्रम र सामाजिक सेवाका गर्नुका साथै समाजमा रहेका विकृति, विसङ्गति न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।