INSEC Online

📅 २०८३ जेष्ठ २१

पर्यटन मन्त्रीलाई कालो झण्डा देखाएको आरोपमा ६ जना गिरफ्तार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कालोझण्डा देखाएको आरोपमा नयाँशक्ति नेपाल आबद्ध ६ जना विद्यार्थीहरूलाई प्रहरीले मङ्सिर ११ गते गिरफ्तार गरेको छ ।

पोखरा मनपा–८ सिर्जनाचोक स्थित साइमन पार्टी प्यालेसमा आफ्नो क्षेत्रको स्थानीय विकास साझेदारी कार्यक्रम सार्वजनिक गर्न पुगेका मन्त्री अधिकारीलाई विद्यार्थीहरूले गेटमै कालो झण्डा देखाएका थिए ।

गिरफ्तार हुनेमा नयाँ शक्ति, नेपालको विद्यार्थी सङ्गठनका केन्द्रीय महासचिव ३० वर्षीय नेत्र चापागाई, गण्डकी प्रदेश संयोजक २९ वर्षीय रेशम सापकोटा, जिल्ला संयोजक २३ वर्षीय विशाल तिम्सिना, केन्द्रीय सदस्य २४ वर्षीय नरेन्द्र बस्याल, पिएन क्याम्पस आधार इकाई अध्यक्ष २३ वर्षीय कृष्ण अधिकारी र सो सङ्गठनका साधारण सदस्य २३ वर्षीय तेजेन्द्रकुमार भट्ट छन् ।

आरोपितहरूलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका एसपी ओम रानाले जानकारी दिए ।

वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै सृजना चोकमा कालो झण्डा देखाउने क्रममा विद्यार्थीहरूलाई प्रहरीले गिरफ्तार गरेको नयाँशक्ति नेपालका केन्द्रीय सचिव विकल पौडेलले बताए ।

अन्य

भिडियो