INSEC Online

📅 २०८३ जेष्ठ २१

भूकम्प पीडित विद्यार्थीलाई इन्सेकको सहयोग

रामेछाप जिल्लाका ६ जना भूकम्प पीडित विद्यार्थीहरूलाई इन्सेकले मङ्सिर ११ गते शैक्षिक सामग्री  सहयोग गरको छ ।

विभिन्न गाउँबाट मन्थली आई अध्ययन गरिरहेका ६ जना विद्यार्थीलाई इन्सेक जिल्ला प्रतिनिधिमार्फत कपि, डटपेनलगायतका विद्यालय सामग्रीहरू प्रदान गरिएको हो ।

photo20181127ramechhap (5)

मन्थली मावि मन्थलीमा अयोजित कार्यक्रममा तीन जना छात्र र तीन जना छात्रालाई सो सहयोग गरिएको हो ।

शैक्षिक सामग्री मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाई र मन्थली माविका प्रधानाध्यापक टङ्कप्रसाद दाहालले विद्यार्थीहरूलाई हस्तान्तरण गरे ।

सो सहयोग कक्षा १० मा पढ्ने भूकम्प पीडित विद्यार्थीहरू विक्रम कार्की, रोशन कार्की र दुर्गा तामाङलाई प्रदान गरिएको हो । त्यस्तै कक्षा ९ की छात्रा अनिता केसी, कक्षा ५ का विवेक खतिवडा र कक्षा ४ की छात्रा सम्झना माझीलाई सहयोग गरिएको छ ।

सहयोग गरिएका छात्रछात्राहरू भूकम्पमा परी आफन्तहरू गुमाएका तथा भूकम्पबाट घर भत्किएर समस्यामा परेकाहरू रहेको मन्थली माविका प्रधानाध्यापक दाहालले जानकारी दिए ।

photo20181127ramechhap (4)

photo20181127ramechhap (3)

photo20181127ramechhap (2)

अन्य

भिडियो