INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

‘लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अन्तराष्ट्रिय अभियान मनाइरहँदा २८ वर्षीया सुस्त मनस्थितिकी एक महिला छिमेकीबाटै बलात्कृत भएको घटनाको उजुरी मङ्सिर १० गते इलाका प्रहरी कार्यालय, सुखडमा दर्ता गरिएको छ ।

घोडाघोडी नपा–१ का ४० वर्षीय शेरबहादुर रावलले सुस्त मनस्थितिकी महिलालाई मङ्सिर ६ गते बलात्कार गरेता पनि मङ्सिर ९ गते मात्रै घरमा जानकारी भएपछि पीडितका आफन्तले मङ्सिर १० गते उजुरी गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित रावल फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । पीडित माहिलाको स्वास्थ्य स्वास्थ्य परीक्षण मङ्सिर १० गते सेती अञ्चल अस्पताल, धनगढीमा गरिएको थियो ।

अन्य

भिडियो