‘लैङ्गिक हिंसा र दुर्व्र्यव्वयवहारः छैन हामीलाई स्वीकारं’ भन्ने मूल नाराका साथ मङ्सिर ९ गतेबाट सिरहामा लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरू गरिएको छ ।
मानव अधिकार रक्षक सञ्जाल र महिला मानव अधिकार रक्षक सञ्जाल, समुदाय प्रहरी साझेदारी जिल्ला समितिको आयोजना तथा इन्सेक, सहयोगी हातहरू, ओरेक, दलित जनकल्याण युवा क्लब, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इह्रिकन, अपाङ्ग पुनर्स्थापना केन्द्र, नेपाल राष्टिय दलित समाज कल्याण सङ्घलगायतका सङ्घसंस्थाको सहकार्यमा सिरहामा र्यालीसहित विभिन्न कार्यक्रम गरिएको थियो ।
सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरूद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको र यसैलाई निरन्तरता दिँदै सिरहामा पनि मनाइँदै आएको महिला अधिकारकर्मी देवकुमारी महराले बताइन् ।
र्याली कार्यक्रमपछि सिरहा जिल्लामा बलात्कार तथा आत्महत्या घटनाको अवस्था नियन्त्रणका लागि साझा पहल विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले हाम्रै समाजमा अपराध हुने र अपराधि पनि यही समाजको भएकाले समाजका सबै मिलेर मात्रै अपराधिक घटनाहरू न्यूनीकरण गर्न सकिने बताए । महिला हिंसा नियन्त्रण गर्न समाजबाटै दाइजो, बालविवाह जस्ता कूप्रथाहरूलाई अन्तत्यगर्न सबै लागि पर्नुपर्ने बताए ।
यसैगरी धनगढीमाई नगरपालिका नगर प्रमुख हरिनारायण चौधरीले समाजमा महिलामाथि हिंसा बढेकाले यसको रोकथामको लागि सबैले साझा धारण बनाएर लाग्नु पर्ने बताए । यसको लागि आफुले आफ्नो नगरमा योजना सुरू गरेको प्रमुख चौधरीले बताए ।