मानव अधिकारमैत्री वातावरणका लागि उत्तरदायित्व प्रवर्धन परियोजनाअन्तर्गत सप्तरीमा मङ्सिर ७ गते बाह्य निकायको टोलीले अनुगमन गरेको छ ।
अनुगमनका क्रममा राजविराज आएका राष्ट्रिय मानव अधिकार आयोग प्रदेश कार्यालय जनकपुरधामका निमित्त निर्देशक बिरबहादुर बुढा मगर, इन्सेक प्रदेश २ कार्यालय जनकपुरधामका संयोजक राजु पासवान, गैरसरकारी संस्था महासङ्घ, प्रदेश सांसद पिङ्कीकुमारी साह र नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका सदस्य कैलाश दासले विभिन्न कार्यालय पुगेर इन्सेकको काम र प्रभावकारिताबारे अनुगमन गरेका हुन् ।
इन्सेक सप्तरीले गरेको कार्यक्रमको प्रभावकारिता, इन्सेक प्रतिनिधिले मानव अधिकारका क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा सरोकारवाला निकायसँग टोलीले जानकारी लिएको छ ।
अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र विष्ट, सप्तरी जिल्ला कारागारका निमित्त जेलर सत्यनारायण यादव र लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जालका उपाध्यक्ष ललीता कर्णसँग उनीहरूको कार्यालयमा भेटेर इन्सेकले गरिरहेको कामका बारेमा जानकारी लिएको छ । यस क्रममा टोलीले कारागारका कैदीबन्दीहरूसँग समेत भेट गरेको थियो ।
यसैगरी अनुगमन टोलीले जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गाना, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका प्रमुख मे.सु. डा. चुमनलाल दास, नेकपाका अब्दुल मजिद साकिर, सङ्घीय समाजवादी फोरम नेपालका केदार यादव, जिल्ला अदालतका स्रेस्तेदार दिलकुमार बर्देवा, जिल्ला सह न्यायाधिवक्ता उत्तम श्रेष्ठ, जिल्ला बार इकाई सप्तरीका अध्यक्ष रामप्रसाद चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख निरञ्जनप्रसाद यादव, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, नेपाल पत्रकार महासङ्घ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, सशस्त्र प्रहरीका डिएसपी नविन बोगटी, सगरमाथा अपाङ्ग कल्याण सङ्घका अध्यक्ष बलदेवकुमार मण्डल, कानुनी सहयाता अधिकृत रामप्रसाद गौतम, सहयोगी समाजका रामप्रकाश चौधरी, ओसिएमसीका फोकल पर्सन मनीषा सिम्खडा, संविधान सूचना केन्द्रकी अधिवक्ता मनु खनाल, सुरक्षित आश्रय केन्द्रकी अनीता पोखरेललगायत सरोकारवालासँग सामूहिक रूपमा भेटघाट गरी इन्सेकले गरेको क्रियाकलापबारे जानकारी लिएको छ ।