बलात्कार मुद्दामा दोषी ठहर अभियुक्त बढैयाताल गाउँपालिका–४ का ३० वर्षीय भुपेन्द्र सुनार भन्ने भविन्द्रबहादुर सुनारलाई मङ्सिर ७ गते जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले नेपालगञ्जबाट गिरप्mतार गरेको छ ।
१५ वर्षीय बालिकालाई भविन्द्रबहादुरले ०६६ जेठ १० गते बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरी कानुनी कारवाही अगाडि बढाएको थियो । घटनापछि उनी फरार रहेको प्रहरीले जनाएको छ ।
बर्दिया जिल्ला अदालतले २०६९ पुस २३ गते भविन्द्रबहादुरलाई दोषी ठहर गरी ६ वर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ति तिर्नु पर्ने फैसला गरेको थियो ।
गिरफ्तार गरिएका उनलाई मङ्सिर ७ गते नै अदालत उपस्थित गराई आदेश अनुसार जिल्ला कारागार गुलरियामा थुनामा पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी सुरेन्द्रप्रसाद मैनालीले बताए ।