INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले क्षिरेश्वर नपा–९ का ४२ वर्षीय किसुन मुखियालाई मङ्सिर ७ गते गिरफ्तार गरी अदालतमा पेश गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अरूण कुशवाहाले बताए । करिव ६ महिनादेखि मुखिया फरार रहेका प्रहरीले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले गत जेठ १० गते बलात्कारको प्रयास गरेको आरोप छ ।  पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा जेठ १० गते नै उजुरी दिएको थियो ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा जेठ १० गते नै गरिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो