INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

२५ वर्षीया महिलाले शुक्लागण्डकी नपा–८ का वडा अध्यक्ष ३० वर्षीय कृष्णप्रसाद रेग्मीले बलात्कार गरेको भन्दै उनीविरूद्ध इलाका प्रहरी कार्यालय, बेलचौतारामा उजुरी दर्ता गराएकी छिन् ।

पीडित महिलालाई आरोपित रेग्मीले पटकपटक बलात्कार गरेको भन्दै मङ्सिर ६ गते न्यायका लागि उजुरी दर्ता गरेको पीडितले बताएकी छन् ।

इलाका प्रहरी चकार्यालय, बेलचौताराका इन्स्पेक्टर श्रवणकुमार बिकले वडा अध्यक्ष विरूद्ध बलात्कार गरेको आरोपमा उजुरी दर्ता भएको जानकारी दिँदै घटनाको अनुसन्धान गरिरहेको बताए । घटनाका आरोपित रेग्मी फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाले न्यायका लागि आग्रह गर्दै मङ्सिर ४ गते शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा उजुरी दिएकी थिइन् । न्यायिक समितिले बलात्कारको मुद्दा समितिको कार्यक्षेत्रमा नपर्ने भन्दै उजुरी छानविनका लागि प्रहरीमा पठाएको थियो ।

पीडित महिलाको स्वास्थ परीक्षण मङ्सिर ६ गते नै जिल्ला अस्पताल दमौलीमा गरिएको जिल्ला प्रहरी कार्यालय, तनहुँका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

अन्य

भिडियो