कोशी गाउँपालिका–८ हरिपुरकी ३५ वर्षीया दलित महिला बुचीयादेवी खत्वेले न्यायको माग गर्दै दिएको उजुरी प्रहरीले नलिएको गुनासो गरेकी छिन् ।
तीन वर्ष अघि पति रोजगारीका लागि विदेश गएपछि परिवारका सदस्यले चरित्रमाथि आरोप लगाँउदै कुटपिट र मानसिक यातना दिने गरेकाले न्यायको माग गर्दै पटकपटक प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडितले गुनासो गरेकी हुन् ।
पतिले साथ नदिएको र दलित भएकै कारण खत्वेलाई परिवारका सदस्यले विभिन्न आरोपमा कुटपिट गर्ने गरेको अधिकारकर्मी शिवेन्द्र कर्णले बताए ।
जेठाजु पैसावाल र पहुँचवाला व्यक्ति भएकाले प्रहरीमा उनीहरूविरूद्घ उजुरी लिएर जाँदा प्रहरीले घरको समस्या घरमै मिल्नु भन्दै पठाउने गरेको पीडित महिला खत्वेले बताइन् ।
जिल्ला प्रहरी कार्यालयका एसपी राजन अधिकारले बुचीयादेवीको विषयमा परिवारका सदस्यसँग छलफल भएको र दुवै पक्षबीच मिलेर बस्ने सहमति भएको बताए ।