INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यगढी गाउँपालिका–३ का २८ वर्षीय सोमबहादुर तामाङलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले कात्तिक २८ गते बलात्कार गरेको आरोपमा कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएपछि प्रहरीले आरोपितलाई कात्तिक ३० गते नै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले जानकारी दिए ।

पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक ३० गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो