INSEC Online

📅 २०८३ जेष्ठ २२

सङ्खुवासभामा कर्फ्यु आदेश जारी

जेनजी पुस्ताको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सङ्खुवासभाले भदौ २५ गते साँझ ५ बजेदेखि भदौ २६ गते विहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

जिल्लाभित्र पनि आन्दोलन हुलदुङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएका कारण कर्फ्यु जारी गरिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताउनु भयो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी थपलियाले बताउनु भयो । जारी आदेशमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाइने उल्लेख छ ।

निषेधाज्ञा जारी भएको अवधिमा निषेधित काम गरेमा सुरक्षाको निम्ति खटिएको सुरक्षाकर्मीले नियन्त्रण लिएर कानुन बमोजिम कारवाही गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यस्तैगरी अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन र सभाजस्ता विरोधका कार्यक्रम गर्न पूर्ण रूपमा रोक लगाइएको छ ।

सुरक्षाको सम्पूर्ण कमाण्ड ०८२ भदौ २४ गते राति १० बजेदेखि नेपाली सेनाले लिएको छ । सुरक्षाको कमाण्ड पाएसँगै अहिले नेपाली सेना सशस्त्र प्रहरीको संयुक्त गस्ती समेत सुरु गरिएको छ ।

सम्भावित घटना हुन नदिन सुरक्षा सर्तकता अपनाउँदै जिल्ला कारागार सहित महत्वपूर्ण सरकारी कार्यालयमा प्रहरी सँगै नेपाली सेना खटिएको छ ।

जिल्ला कारागार सङ्खुवासभामा ५५ जना क्षमता भएको जिल्ला कारागार खाँदबारीमा १ सय ४१ कैदी बन्दी राखिएको छ ।

सेनाले सर्वसाधारणलाई बिनाकाम बाहिर ननिस्कन आग्रह समेत गरेको छ ।

Photo 202509010 sangkhuwasabha

अन्य

भिडियो