INSEC Online

📅 २०८३ जेष्ठ २१

मोरङ कारागारबाट कैदी भाग्ने प्रयास गरेपछि सेनाद्वारा सुरक्षा

विराटनगर महानगरपालिका-८ हाटखोलास्थित जिल्ला कारागार कार्यालय, मोरङबाट ०८२ भदौ २५ गते कैदीबन्दी थुनुवाहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले कमाण्ड सम्हालेको छ ।

कैदीहरूले नाराबाजी गर्दै कारागारको मुख्य गेट तोड्न खोजेपछि स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरीले १६ राउन्ड हवाई फायर गरेको छ । त्यसपछि नेपाली सेनाको टोली घटनास्थल पुगेर स्थितिलाई नियन्त्रणमा लिएको हो ।

अहिले कारागार परिसरमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । कैदीबन्दीहरूले ताला फोडेर भाग्ने प्रयास गरेको जानकारी पाएलगत्तै सुरक्षाकर्मीहरूको थप टोली परिचालन गरी कारागार परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मोरङ कारागारमा हाल १ हजारभन्दा बढी कैदीबन्दीहरू छन् ।

Photo 202509010 morang

अन्य

भिडियो