INSEC Online

📅 २०८३ जेष्ठ २१

इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते सुनसरीको इटहरीमा आन्दोलन चर्काएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु आदेश जारी गरेको छ ।

जेन जी पुस्ताले चलाएको आन्दोलन आक्रामक हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय, सुनसरीले भदौ २३ गते अपरान्ह साढे तीन बजेदेखि इटहरीमा कर्फ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकाभित्र पर्ने उत्तरमा हलगडा नेपाली सेनाको व्यारेकदेखि पारुहाङ चोकभित्र, पूर्वमा मिलन चौकदेखि जुट विकास भित्र, दक्षिणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय दक्षिण, यातायात कार्यालय, साथी पेट्रोल पम्प, पुष्पलाल चौक हुँदै बस पार्क क्षेत्रभित्र र कलंकी मोडदेखि जनता वस्तीभित्रसम्म अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु  आदेश जारी गरिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी भएको कर्फ्यु  आदेशमा तोकिएको  सिमानाभित्र कसैले आवत जावत गर्न कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ ।

photo 20250809 sunsari

अन्य

भिडियो