INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विदुर नपा–४ बट्टारका ३२ वर्षीय बादलमान श्रेष्ठ र २४ वर्षीय रविन थापालाई कात्तिक २९ गते गिरफ्तार गरी मुद्दा चलाएको छ ।

कात्तिक २१ गते राती लिखु गाउँपालिका–३ सुर्यमतिका १३ देखि १६ वर्ष उमेर समूहका ५ जना बालिकाहरूलाई विदुर नपा–२ बट्टारको एक होटेलमा ल्याएर बलत्कार गरेको आरोपमा गिरफ्तार गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजाराम खड्काले जानकारी दिए ।

बट्टारमा होटेलमा राखिएको ती पाँच बालिकालाई प्रहरीले कात्तिक २४ गते सुर्खेतको भेरीगङ्गा नपा–१२ छिन्चुबाट प्रहरील उद्धार गरेको थियो ।

उक्त घटनामा मानव बेचबिखन तथा ओसार पसार गरेको आरोपमा यस अघि सुर्खेतको भेरीगङ्गा नपा–१२ छिन्चुका १६ वर्षिय बालक र लिखु गाउँपालिका–४ चौघडाका २४ वर्षीय विकास प्याकुरेललाई गिरफ्तार गरी मुद्दा चलाइएको छ ।

बलत्कार अभियोगमा मुद्दा चलाइएको श्रेष्ठ र थापामाथि मानव बेचबिखन तथा ओसारपसार अभियोगमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाहरूको स्वास्थ्य परीक्षण कात्तिक २५ गते जिल्ला अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो