INSEC Online

📅 २०८३ जेष्ठ २१

वृद्ध, बिरामी र अपाङ्गता भएकाहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै

इस्मा गाउँपालिकाले वृद्ध, बिरामी र अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै पुगेर गरेको छ । गाउँपालिकाले उमेरका कारण, बिरामी भएर र अपाङ्गताका कारण बिस्तारामै जीवन कटाएका व्यक्तिहरुको घरमै पुगेर परिचयपत्र नवीकरण गरिरहेको र आधिकारी तथ्याङ्क आएपछि समाजिक सुरक्षा भत्ता पनि घरमै पुगेर वितरण गर्ने योजनामा रहेको गाउँपालिका उपाध्यक्ष पार्वती कुवँरले बताउनुभयो ।

Photo 2025-09-03 Gulmi (5)

Photo 2025-09-03 Gulmi (1)

घरमै आएर परिचय पत्र वितरण गरेपछि इस्मा गाउँपालिका–२ की उमा सारु निकै खुशी हुनुभयो । उहाँ दुई वर्षदेखि प्यारालाइसेसको समस्याले बिस्तारा छोड्न सक्नु हुँदैन् । इस्मा गाउँपालिका–२ हस्तिचौरकी ८९ वर्षीया इश्वरी बोहोरा पनि उमेर दमले हिँडडुल गर्न सक्नुहुन्न । घरको बिस्तारामै इस्मा गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गरेकाले ठूलो राहत भएको छोरा डम्बर बोहोराले बताउनुभयो । २०५३ सालमा दुर्घटनामा परेर दायाँ खुट्टा गुमाउनु भएका बोहोराले आफू पनि अपाङग र आमा पनि बिरामी र वृद्ध भएकाले नवीकरण जस्तै भत्ता पनि सरकारले घरमै उपलब्ध गराए ठूलो राहत हुने आशा व्यक्त गर्नुभयो ।

Photo 2025-09-03 Gulmi (4)

सामाजिक सुरक्षा तथा पञ्जिकरण इकाईका एम.एस.आई कम्प्युटर अपरेटर बलराम खनालले सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविरण नगरे भत्ता रोकिने भएकाले अशक्त र बिरामीहरुको घरमै पुगेर नविकरण गरिएको बताउनुभयो ।

Photo 2025-09-03 Gulmi (3)

इस्मा गाउँपालिकामा ३ हजार ३ सय २५ लाभग्राही रहेका छन् । पालिकाले वुटवल पुगेर पनि १ सय ४७ जनाको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण र एउटा नयाँ दर्ता गरेको कम्प्युटर अपरेटर खनालले जानकारी दिनुभयो । अझै ८ सय जना लाभग्राहीको नवीकरण बाँकी रहेको छ ।

अन्य

भिडियो