INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेदको आरोपमा पति गिरफ्‌तार

प्रेम विवाहपछि घरमा भित्राएको पत्नी दलित रहेको थाहा पाएपछि सम्पर्कविहीन बनेका धादिङको गजुरी गाउँपालिका–२, मलेखु छेपाङ घर भएका २२ वर्षीय मिलन श्रेष्ठलाई प्रहरीले ०८२ भदौ ८ गते गिरफ्‌तार गरेको छ ।शहीद लखन गाउँपालिका–१ वक्राङ माइती भएकी मनिका परियारको २०८० मङ्सिरमा मिलन श्रेष्ष्ठसँग प्रेम विवाह भएको थियो ।

यसैबीच पत्नी गर्भवति भएपछि ०८१ फागुनबाट श्रेष्ठ सम्पर्कविहीन भएका थिए । पति सम्पर्कविहीन भएपछि मनिका भने माइती वक्राङ आएर बसेकी छन् । मनिकाले ०८२ जेठ १० गते छोरा जन्माएकी छन् । पति सम्पर्कविहीन भएपछि छोराको जन्मदर्ता समेत बनेको छैन ।

गर्भवति भएपछि जातीय विभेद गरेर हेला होचो गरेको र छोराको जन्मदर्ता समेत नबनाएको भन्दै मनिकाले ०८२ साउनमा दिएको जाहेरी दरखास्तका आधारमा श्रेष्ठलाई गिरफ्‌तार गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी इन्द्रप्रसाद सुवेदीले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय धादिङसँग समनवय गरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गजुरी गाउँपालिका—६ राम्चेमा लुकीछिपि बसिरहेको अवस्थामा श्रेष्ठलाई गिरफ्‌तार गरेको थियो ।

जातीय विभेदको आरोपमा गिरफ्‌तार परेका आरोपित श्रेष्ठविरुद्ध गोरखा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि डिएसपी सुवेदीले बताउनु भयो ।

अन्य

भिडियो