१४ वर्षीया बालिकालाई ०८२ भदौ ३ गते बलात्कार गरेको आरोपमा प्रहरीले ताप्लेजुङ जिल्ला सिदिगंवा गाउँपालिका- ३ का १९ वर्षीय जीवन कटुवाललाई भदौ ९ गते गिरफ्तार गरेको छ ।
पीडित पक्षले आरोपितविरुद्ध भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते मेची प्रादेशिक अस्पतालमा गरिएको छ ।