२७ वर्षीया शुष्तमनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका– ८ निन्युडाँडा बस्ने ४० वर्षीय मेघराज नेपालीलाई ०८२ भदौ ६ गते गिरÏतार गरेको छ ।
आरोपितले महिलालाई भदौ ५ गते दिउँसो बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ६ गते इलाका प्रहरी कार्यालय खनमा उजुरी दिएका छन् ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ ६ गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।