INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई ०८२ भदौ ५ गते गिरफ्तार गरेको छ ।

बालिकालाई भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।

त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खाँदवारी नगरपालिका–८ का १९ वर्षीय पुष्कर तामाङलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले ०८२ भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

अन्य

भिडियो