INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय बाबुलाई भदौ ४ गते गिरफ्तार गरेको छ ।

आरोपितले ज्यान मार्ने धम्की दिँदै बालिकालाई ६ महिना अघिदेखि बलात्कार गर्दै आएको भन्दै पीडित पक्षले भदौ ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हस्तबहादुर सुनुवारले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ४ गते कोशी अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो