१६ वर्षीया बालिकालाई ०८२ साउन ११ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–५ का २७ वर्षीय रवि पोखरेलविरुद्ध पीडित पक्षले भदौ २ गते इलाका प्रहरी कार्यालय केसरगञ्जमा उजुरी दिएको छ ।
घटना पश्चात आरोपित फरार रहेकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय केशरगञ्जका इन्स्पेक्टर उमाकान्त जोसीले बताउनु भयो ।
बालिकाको स्वास्थ्य परीक्षण भदौ ३ गते जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।