लिखु तामाकोसी गाउँपालिका–४ धोवीकी ४० वर्षीया झलमाया श्रेष्ठको मृत्यु भएको आठ दिनपछि प्रहरीले उजुरी दर्ता गरेको छ ।
घटनाको विषयलाई लिएर २७ गते दिउँसो मृतकका आफन्तले समरमुकाम मन्थलीमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालयको गेटमा नाराबाजी गरेका थिए । प्रहरीले पीडित पक्षले बुझाएको उजुरी दर्ता गरेर अनुसन्धान अगाडि बढाएको छ ।
झलमायाको शव कात्तिक १९ गते राति आफ्नै घरको धुरी बलोमा झुण्डिएको अवस्थामा भेटिएको थियो । श्रेष्ठले ‘आत्माहत्या’ नगरी उनका पति धननारायण श्रेष्ठ र स्थानीय गोपिनी कार्कीको मिलेमतोमा मारेर झुण्ड्याएको भनी मृतकका आफन्तले प्रहरीमा किटानी उजुरी दिएका थिए ।
प्रहरीले भने शवको पोष्टमार्टम रिपोर्ट आएपछि उजुरी दर्ता गर्ने भन्दै सुरूमा उजुरी दर्ता गरेको थिएन ।