INSEC Online

📅 २०८३ जेष्ठ २१

‘बोक्सी’ आरोपमा कुटपिट, प्रहरीले उजुरी नलिएको गुनासो

३६ वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा कुटपिट भएको र घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडित पक्षले गुनासो गरेको छ ।

‘बोक्सी’ आरोपमा ३६ वर्षीया महिलालाई ०८२ साउन ३१ गते कुटपिट भएको र कुटपिट घटनामा संलग्नहरुविरुद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिदाँ प्रहरीले उजुरी नलिएको पीडित पक्षले गुनासो छ ।

भैँसीलाई मन्त्र फुकेर बिरामी बनाइदिएको भन्दै बोक्सी आरोप लगाएर कुटपिट गर्ने गढी गाउँपालिका–६ की २५ वर्षीया पिंकीदेवी यादव, ३० वर्षीय जयकुमार विराजी, ६० वर्षीय उपेन्द्र विराजी, ५५ वर्षीया लिलियादेवी यादव र  २० वर्षीया पुजाकुमारी यादवविरुद्ध पीडितले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

तर, प्रहरीले घटनाका आरोपितविरुद्धको उजुरी दर्ता नगरेको पीडित पक्षको आरोप छ ।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिनेश अधिकारीले घटनाका बारेमा बुझ्दा बोक्सी आरोपमा कुटपिट नभएको र घरायसी झगडा भएकाले घटना बुझेपछि मात्र कानुनी कारबाही अघि बढ्ने बताउनु भयो ।

कुटपिटबाट घाइते महिलाको साउन ३१ गते गढी गाउँपालिका–६ मझौलास्थित एक निजी क्लिनिकमा उपचार गरिएको छ ।

अन्य

भिडियो