INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुखिपुर नपा–२ का ३० वर्षीय मोहमद समशुललाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक २७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा कात्तिक २९ गते उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर रविभुषण यादवले बताए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कात्तिक २९ गते गरिएको छ ।

अन्य

भिडियो