INSEC Online

📅 २०८३ जेष्ठ २१

विषाक्त च्याउ खाँदा दुई जनाको मृत्यु

रोल्पामा विषाक्त च्याउ खाँदा बिरामी परेका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । परिवर्तन गाउँपालिका–२ राङसीका ८१ वर्षीय भागीराम वली र उनकी पत्नी ७४ वर्षीया निर्मला वलीको दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले साउन २७ गते बेलुका स्थानीय जङ्गलबाट च्याउ ल्याएर पकाएर खाएका थिए । च्याउ खाएपछि दुवैजनाको स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचारका लागि स्थानीय मेडिकलमा लगिएको थियो । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि साउन २९ गते राति उनीहरूलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा पठाइएको थियो ।

उपचारका क्रममा निर्मला वलीको साउन ३१ गते मृत्यु भएको थियो । गम्भीर अवस्थामा उपचार गराइरहेका उनका पति भागीराम वलीको भाद्र १ गते उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । प्रहरीका अनुसार जङ्गली च्याउ विषालु भएको प्रारम्भिक अनुमान गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय रोल्पाका सूचना अधिकारी रोहितकुमार शाहीले जानकारी दिनुभयो ।

अन्य

भिडियो