INSEC Online

📅 २०८३ जेष्ठ २१

झडपमा नगरप्रमुख घाइते

देबाही गोनाही नगरपालिका–९ धरहरी टोलमा रहेको श्रीराम जानकी ब्रह्माबाबा मठमा कृष्ण जन्माष्टमी मेलाको उद्घाटनका क्रममा साउन ३१ गते झडप हुँदा नगरप्रमुख ४५ वर्षीय प्रेमलाल साह कानुन घाइते हुनु भएको छ ।

झडपमा नगरप्रमुख प्रेमलाल सहित इलाका प्रहरी कार्यालय गोनाहीका प्रहरी जवान ३५ वर्षीय जगदिश राय यादव, प्रहरी जवान ३२ वर्षीय धनसुन्दर ठाकुर, २५ वर्षीय श्याम बिनय साह र ३८ वर्षीय राम विकाश साह घाइते भएका छन् ।

ढुङ्गा प्रहारबाट नगरप्रमुख कानुको टाउकोमा चोट लागेको छ भने अन्य घाइते प्रहरी जवानहरुको क्रमशः टाउको, हात र गालामा चोट लागेको छ । घाइतेहरुको गरुडा स्थित वेटर मल्टिस्पेस्लिटी अस्पतालमा उपचार भएको छ ।

नगरप्रमुख कानुलाई थप उपचारका लागि बीरगञ्ज स्थित नेशनल मेडिकल कलेज अस्पतलमा रेफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीले बताउनु भयो ।

नगरप्रमुख प्रेमलाल साह कानुले कृष्ण जन्माष्टमी मेलाको उद्घाटन गर्ने क्रममा तीन चार जनाको समूले आफूमाथि ढुंगा प्रहार गरेको बताउनु भयो ।

झडपमा संलग्न भएको आरोपमा प्रहरीले देबाही गोनाही नगरपालिका–९ का ३० वर्षीय राधामोहन साह, २८ वर्षीय बिनोद साह र १६ वर्षीय रितिक साहलाई गिरफ्तार गरी इलाका प्रहरी कार्यालय गरुडामा राखी अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताउनु भयो ।

स्थानीय र मेयरका समर्थक बिच कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कसले गर्ने भन्ने विषयमा विवद हँुदा झडपको भएको थियो ।

कृष्ण जन्माष्टमी मेलाको उद्घाटन नगर प्रमुखले नै गर्नु पर्ने एक पक्षको अडान र नगर प्रमुखलाई उद्घाटन गर्न नदिने अर्को पक्षको अडान पश्चात् विवाद हँुदा झडप भएको थियो ।

अन्य

भिडियो