१५ वर्षीया बालिकालाई ०८२ साउन २५ गते बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका—४ का २५ वर्षीय निखिल सदाय विरुद्ध पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
बालिकाको स्वास्थ्य परीक्षण साउन २८ गते प्रादेशिक अस्पताल सिरहामा गरिएको छ ।
घटनापछि आरोपित फरार रहेकोले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिरेन्द्र कुमार पासवानले बताउनु भयो ।