३२ वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा कुटपिट गरेको भन्दै २९ वर्षीय राकेश दास, २५ वर्षीय विक्रम दास विरुद्ध पीडितले २०८२ साउन २७ गते इलाका प्रहरी कार्यालय सबैलामा उजुरी दिएकी छन्।
पीडित महिलाका अनुसार साउन २५ गते घर नजिकै रहेको आँपको बगैँचामा मेरो नातिनीसँग आरोपितको दुई वर्षीय छोरा सँगै खेलेका थिए। सोही दिन बेलुका उहाँको छोरा एक्कासी बिरामी भएकोले उपचार गराउनुको साटो उल्टै ममाथि ‘बोक्सी’को आरोप लगाई कुटपिट गरेको उहाँले बताउनु भयो।
कुटपिटबाट टाउकोमा चोट लागेकोले साउन २६ गते सबैला स्वास्थ्य चौकीमा उपचार भयो।
घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सबैलाका मुद्दा शाखाका असइ राजहरण गुप्ताले बताउनुभयो।