INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकलाई बलात्कार घटनाका फरार आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ ।

१६ वर्षीया बालिकालाई ०८१ माघ ३ गते बलात्कार गरी फरार भएका गौरादह नगरपालिका-९ झमकचोकका ५० वर्षीय डिकबहादुर राईलाई प्रहरीले ०८२ साउन २८ गते गिरफ्तार गरेको हो ।

बलात्कारपछि फरार भएका आरोपितविरूद्ध पीडित पक्षले  ०८२ जेठ २८ गते इलाका प्रहरी कार्यालय, झिलझिलेमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि शिवसताक्षी नगरपालिका-६ शिवगञ्जबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पतालमा साउन २८ गते गरिएको छ ।

अन्य

भिडियो