INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बालिकालाई ०८२ साउन १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-११ बरूवाटारका ४५ वर्षीय शुभराज राईलाई साउन २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन १४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध साउन २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको केदार दोङले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन २७ गते गरिएको छ ।

अन्य

भिडियो