INSEC Online

📅 २०८३ जेष्ठ २१

बाल सुधारगृहमा झडप एक प्रहरी घाइते

विराटनगर महानगरपालिका–३ स्थित बाल सुधारगृहमा ०८२ साउन २८ गते झडप भएको छ ।

झडपका क्रममा एक जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

झडप नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।

Photo 2025-08-13 Morang

यसअघि बाल सुधारगृहमा भएका बालकबिच ०८१ फागुन २३ गते झडप भएको थियो । त्यसपछि १८ वर्ष उमेर पुरा भएकाहरूलाई बाँके पठाइएको थियो ।

बाल सुधारगृहभित्र ठूलाले सानालाई हेप्ने, बारम्बार विवाद र झगडा गर्ने समस्या छ ।

बाल सुधारगृह, विराटनगरको क्षमता ५० जनाको भएपनि हाल सुधारगृहमा २ सय ३० भन्दा बढीलाई राखिएको सुधारगृह प्रमुख मिलन चौहानले बताउनु भयो ।

बाल सुधारगृहमा १७ वर्ष मुनिका बालकलाई राख्नु पर्ने भएपनि बाल विज्याईँ कसुरमा पुर्पक्षका लागि बाल सुधारगृह आएका वा कैद भुक्तान भइ सकेपनि न्याय सम्पादनको प्रक्रिया विलम्व हुँदा १७ वर्ष उमेर नाघेकाहरूलाई समेत बाल सुधारगृह, विराटनगरमा राख्नु परेको सुधारगृह प्रशासनले जनाएको छ ।

अन्य

भिडियो