क्षेत्रीय कारागार झुम्काबाट बलात्कार मुद्दामा सजाय भुक्तान गरिरहेका खोटाङ जिल्ला, दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ का २८ वर्षीय रूपक पौडेल खत्री ०८२ साउन २७ गते फरार भएको घटनामा छानविन समिति गठन गरिएको छ ।
कैदी फरार भएको विषयमा छानविन गर्न सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा साउन २८ गते पाँच सदस्यीय छानविन समिति गठन गरिएको छ ।
जिल्ला अदालत सुनसरीले २०८१ चैत २५ गते १३ वर्ष कैद सजायको फैसला सुनाएपछि खत्री ०८२ साउन २१ गतेदेखि झुम्का कारागारमा थुनामा थिए।
कारागारको बी ब्लकबाट पर्खाल नाघेर खत्री भागेको कारागारका जेलर सुवासकुमार लामिछानेले बताउनु भएको छ ।