१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई ०८२ साउन २४ गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले बालिकालाई साउन २२ गते राति कुटपिट गरी नियन्त्रणमा लिएर पालैपालो बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते दैलेख अस्पतालमा गरिएको छ ।