INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बढैयाताल गाउँपालिका–६ का ४२ वर्षीय दिनेश थारूलाई ०८२ साउन २० गते गिरफ्तार गरेको छ ।

आरोपितले महिलालाई साउन ११ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २० गते इलाका प्रहरी कार्यालयमा मैनापोखरमा उजुरी गरेका थिए । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कृष्ण डाँगीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन २१ गते बर्दिया अस्पताल, गुलरियामा गरिएको छ ।

अन्य

भिडियो