अपाङ्गता हुनु भएकी २१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखुपिके गाउँपालिका–२ का पोखरीका ४५ वर्षीय रामचन्द्र बस्नेतलाई साउन १९ गते गिरफ्तार गरेको छ ।
आराेपितले महिलालाई ०८१ साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितलाई ०८२ साउन १९ गते काठमाडौं महानगरपालिका–१६ स्थित बनस्थलीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विकास राईले बताउनु भयो ।
प्रहरी अनुसन्धानका क्रममा आरोपित बस्नेत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लिखुपिके गाउँपालिकाका सभापति भएको प्रहरीले जनाएको छ ।
पीडित युवतीको स्वास्थ्य परीक्षण ०८१ साउन २ गते जिल्ला अस्पतालमा गरिएको थियो ।