१५ वर्षीया बालिकालाई ०८२ साउन १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–५ अण्डैया शिशु सुधार टोलका ३१ वर्षीय भरत बुढालाई साउन १८ गते गिरफ्तार गरेको छ ।
बालिकालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १८ गते उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, अत्तरियाका डिएसपी रणबाहादुर चन्दले बताउनु भयो।
पीडितको स्वास्थ्य परीक्षण साउन १८ गते सेती प्रदेशिक अस्पताल, धनगढीमा गरिएको छ ।