२२ वर्षीया महिलालाई अपहरण गरी सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१३ राधेमाई स्थित नेक मोटरसाइकल वर्कसपका सञ्चालक ४० वर्षीय नेक मोहमद र सोही ठाउँका सोही वर्कसपमा काम गर्ने २१ वर्षीय अफताब अन्सारीलाई ०८२ साउन २० गते गिरफ्तार गरेको छ ।
आरोपितहरुले महिलालाई वैशाख २० गते अपहरण गरी वीरगञ्ज बसपार्क स्थित गणेश होटल एन्ड लजमा बन्धक बनाई सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । घटनापछि फरार रहेका आरोपितहरूलाई साउन २० गते वीरगञ्ज महानगरपालिका–१५ प्रतिमा चोकबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण वैशाख २३ गते नारायणी अस्पताल वीरगञ्जमा गरिएकाे छ।