INSEC Online

📅 २०८३ जेष्ठ २१

कोदालो प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

फिदिम नगरपालिका-१ नाम्दुकी २२ वर्षीया अनु राईको २७ वर्षीय पति महेन्द्र तामाङले कोदालो प्रहार गरी हत्या गरेका छन्।

घटनाका आरोपितलाई प्रहरीले फिदिम नगरपालिका-६ गोलेबाट साउन १६ गते गिरफ्तार गरेको छ।

घरायसी विवादका क्रममा आरोपितले ०८२ साउन १४ गते पत्नीलाई कोदालो प्रहार गरेका थिए।

कोदालो प्रहारबाट सिकिस्त अनुको उपचारका क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा साउन १६ गते मृत्यु भएको थियो ।


फालेलुङ गाउँपालिका-७ आहालेका आरोपित तामाङ ससुरा घर फिदिम नगरपालिका-१ नाम्दुमा बस्दै आएका थिए।

शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा साउन १६ गते गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

अन्य

भिडियो