१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकालु गाउँपालिका-३ का ३६ वर्षीय धर्मबहादुर गजमेरलाई साउन १४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८२ जेठ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०८२ साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १३ गते गरिएको छ ।