INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरी, इनरूवा नगरपालिका-१० का २२ वर्षीय साविर मियाँलाई १३ गते गिरफ्तार  गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८२ साउन २ बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई खाँदबारी नगरपालिका-९ तुम्लिङटारबाट अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा साउन १३ गते गरिएको छ ।

अन्य

भिडियो