मिक्लाजुङ गाउँपालिका–७ मधुमल्ला की ४४ वर्षीया शान्तिकला तामाङको बलात्कारपछि हत्या गरेको आरोपमा जिल्ला अदालत मोरङले सोही ठाउँका ३० वर्षीय हिकबहादुर बस्नेतलाई जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश नवराज दाहालको इजलासले कात्तिक २८ गते जन्मकैदको फैसला गरेको नावयसुब्बा रूद्र खड्काले जानकारी दिए ।
०७४ फागुन २० गते आइतबार स्थानीय राम्री खोलामा हत्या गरेर फालेको अवस्थामा शान्तिकलाको शव फेला परेको थियो ।
फागुन १९ गते राति छिमेकीको गुन्युचोलीमा गएर फर्कँदा उनको बलत्कार पछि ढुङगाले किचेर हत्या भएको प्रहरीको भनाई छ ।
प्रहरीले करिव साढे तीन महिनापछि असार ७ गते मिक्लाजुङ गाउँपालिका–७ का ३० वर्षीय हिकबहादुर बस्नेतलाई गिरफ्तार गरी बलत्कार तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतमा पेश गरेको थियो । शवको पोष्टमार्टम फागुन २० गते उर्लावारी स्थित मङ्गलबारे अस्पतालमा गरिएको थियो ।