४५ वर्षीया महिलालाई ०७७ भदौ १२ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले मेलौली नगरपालिका–५ का ४५ वर्षीय केशब चन्दलाई भदौ १३ गते गिरफ्तार गरेको छ ।
स्थानीय व्यापारीसमेत रहेका चन्दले मादक पदार्थ सेवन गरी रातिको समयमा घर भित्र पसेर आफूमाथि बलात्कारको प्रयास गरेपछि चन्दविरुद्ध भदौ १३ गते इलाका प्रहरी कार्यालय,पाटनमा उजुरी दिएको पीडित महिलाले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी जबरजस्तीकरणी उद्योगमा भदौ १३ गते मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, पाटकना इन्स्पेक्टर गौरीशंकर जैसीले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण भदौ १३ गते प्राथमिक स्वास्थ्य केन्द्र, पाटनमा गरिएको प्रहरीले जनायो ।